तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग मेयर शाहको आग्रह
पुस १२, २०८१ शुक्रबार
कुवेत – कुवेतले सार्वजनिक क्षेत्रमा काम गर्ने तीन हजारभन्दा धेरै विदेशी कामदारको सम्झौदा रद्द गरेको छ ।
कुवेतको सार्वजनिक क्षेत्रमा काम गर्ने विदेशी नागरिकको ठाउँमा कुवेतकै नागरिकलाई अवसर दिने उदेश्यले तीन हजार १ सय ४० जना विदेशी नागरिकको सम्झौता रद्द गरिएको कुवेतको सिभिल सर्भिस कमिसनलाई उद्धृत गर्दै गल्फ न्युजले जनाएको छ ।
सार्वजनिक क्षेत्रमा काम गर्ने विदेशी नागरिक धेरै भएकाले अब आफ्नै नागरिकलाई नै प्राथमिकता दिने कुवेत सरकारले नीति लिएको छ ।
त्यस्तै, कुवेतले अवैधानिक रुपमा बसिरहेका विदेशी नागरिकलाई देश निकाला गर्ने क्रम पनि तीव्र रुपमा अघि बढाएको छ । आफ्नो देशमा एक लाखभन्दा धेरै अवैधानिक कामदार रहेको कुवेतको अनुमान छ । त्यसमध्येमा पनि सबैभन्दा धेरै भारतीय नागरिक रहेको कुवेतले जनाएको छ ।
अवैधानिक रुपमा रहेका विदेशी नागरिक धेरैजसो घरेलु कामदारका रुपमा रहेका छन् । गएको जनवरीमा कुवेतले अवैधानिक रुपमा रहेका विदेशी नागरिकलाई कुवेत छाड्न आममाफीको समय दिएको थियो ।
त्यो समयमा विभिन्न देशमा दूतावासले आफ्ना कति नागरिकले कुवेत छाडे भन्ने तथ्याङ्क पनि दिएका थिए । तर आममाफीको समयमा पनि स्वदेश नफर्किएका विदेशी नागरिकलाई देश निकाला गर्न कुवेतले कदम अघि बढाएको हो ।