कर्मचारी बिदामा बस्दा श्रम कार्यालय सुर्खेतबाट प्रदान हुने पुनः श्रम स्वीकृति सेवा बन्द हुने

 कात्तिक ७, २०७८ आइतबार ११:२५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – श्रम कार्यालय सुर्खेतमा कर्मचारी बिदामा बस्दा अरेबिक भाषामा भिसा जारी हुने देशमा पुनः श्रम स्वीकृति सेवा अवरुद्ध हुने भएको छ  ।

कार्यालयका भाषा अनुवादक घरायसी कामकाजका लागि बिदामा बस्ने भएकाले अरेबिक भाषामा प्रदान गरिने पुनः श्रम स्वीकृति सेवा यही कात्तिक १० गतेदेखि १७ गतेसम्म बन्द हुने वैदेशिक रोजगार विभागले जनाएको छ ।

यो अवधिमा अरेबिक भाषामा भिसा जारी हुने देशमा जाने श्रमिकले पुनः श्रम स्वीकृतिका लागि अनलाइन  मार्फत आवेदन दिँदै गर्न र अत्यावश्यक भएमा अन्य श्रम कार्यालयमार्फत सेवा लिन अनुरोध गरिएको छ । तर अरेबिक बाहेक अन्य भाषामा जारी हुने पुनः श्रम स्वीकृति सेवा भने सञ्चालन हुने छ । 

 

तपाईको प्रतिक्रिया