एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
काठमाण्डौ – नेपाली दूतावासहरू नभएका देशमा भर्चुअल दूतावासको अवधारणा अनुसार सेवा प्रवाह गरिने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै भौतिक रूपमा दूतावास नभएका देशमा भर्चुअल दूतावासको अवधारणा अनुसार सेवा प्रवाह गरिने बताउनुभएको हो ।
यस्तै आवश्यकता अनुसार विदेशमा रहेको नेपाली नियोगहरूको सङ्ख्यामा पनि पुनरावलोकन गरिने भएको छ ।
बजेटमार्फत अर्थमन्त्री शर्माले विद्युतीय राहदानीलाई सरल र सहजरूपमा प्रवाह गर्न राहदानी विभाग, जिल्ला प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगहरूमा आवश्यक स्रोतको व्यवस्था गरिने पनि बताउनुभएको छ भने कन्सुलर सेवा पनि थप प्रभावकारी बनाइने भएको छ ।