रवि लामिछाने हिरासतमा सुतेको फोटो सार्वजनिक गर्ने निकोलस भु...
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – ओमानका लागि नवनियुक्त राजदूत डोरनाथ अर्यालले नेपाल र नेपालीको हितमा काम गर्ने बताउनुभएको छ ।
बिहीबार नेपाली दूतावास मस्कटमा आफ्नो पदभार ग्रहण गर्दै राजदूत अर्यालले आउँदा दिनमा नेपाल र ओमानबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै नेपाल र नेपालीहरूको हितमा काम गर्ने बताउनुभएको हो ।
नवनियुक्त राजदूत अर्यालले साउन ५ गतेदेखि ओमानका लागि नेपाली राजदूतको पदभार ग्रहण गर्नुभएको छ । राजदूत अर्याल यसअघि राहदानी विभागको महानिर्देशक हुनुहुन्थ्यो ।