रवि लामिछाने हिरासतमा सुतेको फोटो सार्वजनिक गर्ने निकोलस भु...
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – राहदानी विभागले ई पासपोर्टको लागि अनलाइन आवेदन बिहान ११ बजे खुलाउने भएको छ । साँझ साढे चार बजेपछि खुलाउँदै आएको अनलाइन आवेदन भोलिदेखि बिहान ११ बजे खुलाउने विभागले जनाएको हो ।
यो आवेदन प्रि इनरोलमेन्टको लागि हो । विभागले दैनिक २४ सय जनाको लागि प्रि इनरोलमेन्ट खोल्छ । प्रि इनरोलमेन्ट गरिसकेपछि प्राप्त मितिमा राहदानी विभागमा पुग्नुपर्छ ।
यस्तै विभागले दैनिक २४ सय जनाको कोटा पनि बढाउने जनाएको छ ।
Surya mani dhakal
Aug. 1, 2022, 8:29 p.m.पुरानो पासपोर्टको कतिसम्म मिति हुँदा, नयाँ बनाउन मिल्छ होला /
Krishna Ghimire
Aug. 1, 2022, 7:29 p.m.म कपिलवस्तु जिल्ला बाट हाम्रो राहदानी को कार्यालय तौलिहवा मा छ तर अनलाईन फम भरेर बुकिङ मिति नै पाउन सकिदैन सबै मिति हाइड गरेर र बाहिर भर्न जादा १५००,२०००, लिने गरेको छन ।यसमा त कति सोझा जनतालाई लुटि रहेका छन ।
Dilliram Khatri
Aug. 1, 2022, 7:09 p.m.11:0 00बजे खुला हुन्छ तर भित्रभित्रै कर्मचारीहरुसँग मिलेमतोमा प्रतिव्यक्ति 3 हजारदेखि 5 हजारसम्म लिएर कोटा पुरा भइसकेको हुन्छन् दुःख पाउने सर्वसाधारणले नै हो सम्वन्धित निकायको ध्यानाकर्षन होस र नजिकै रहेका साइबर त्यस्तै गरेर त्यस आसपासमा रहेका बिचौलिया हरुलाई चाँडोभन्दा चाँडो कारबाहिको दायरामा ल्याउन आवश्यक छ सम्बन्धी निकायले फिल्ड अनुगमन गरि कारबाही गरेमा सर्वसाधारणले सहजरुपमा सेवा पाउनेछन्