सुनको भाउमा र्कीतिमान : तोलाको एक लाख ८७ हजार रुपैयाँ पुग्यो
बैशाख ३, २०८२ बुधबार
काठमाण्डाै - बेलायत पठाइदिन्छु भनी १३ लाख ४६ हजार रुपैयाँ ठगी गरेकाे आराेपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरी टोलीले बेलायत पठाइदिन्छु भनी ठगी गर्ने सोलुखुम्बु दूधकोसी गाउँपालिका–२ घर भइ काठमाण्डाै कागेश्वर मनोहरा नगरपालिका काँडाघारी बस्ने ४३ वर्षीय बालकृष्ण कार्कीलाई हिजाे पक्राउ गरेकाे हाे ।
कार्कीले केही व्यक्तिलाई ‘वर्किङ भिसा’मा बेलायतलगायतका देशमा रोजगारीका लागि पठाइदिन्छु भन्दै पीडितबाट नगद १३ लाख ४६ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएपछि प्रहरीले खोजी गर्ने क्रममा काठमाण्डाै महानगरपालिका–४ धुम्बाराहीबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको कार्यालयले जनाएको छ ।