पाकिस्तानबाट १३ दिनमा झन्डै ६० हजार अफगानी नागरिक स्वदेश फिर्ता
बैशाख ३, २०८२ बुधबार
काठमाण्डौ – आईसीसी १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा नेपाल आज हङकङसँग खेल्दैछ । खेल बिहान साढे ९ बजे तल्लो मुलपानी मैदानमा शुरू हुनेछ ।
हिजो परेको पानीले मैदान केही ओसिलो छ । नेपालको युवा टोलीले आज तेस्रो खेल खेल्न लागेको हो । यसअघि आइतवार यूएई र सोमवार ओमानलाई हराएको नेपालले लगातार दोस्रो जीत निकालेको छ ।
नेपालको चार अङ्क छ । एशिया छनोटमा घरेलु टोली नेपालसहित ओमान, यूएई, अफगानिस्तान र हङकङ सहभागी छन् ।
छनोटको शीर्ष स्थानमा रहने टोली आउँदो वर्ष जिम्बावे र नामिबियामा हुने १९ वर्षमुनिको विश्वकपमा छनोट हुने छ ।
आजै अफगानिस्तान र यूएईबीच पनि माथिल्लो मुलपानी मैदानमा खेल हुने छ । यसअघि ओमान र हङकङलाई हराएको अफगानिस्तानको पनि चार अङ्क नै छ । नेपालले शनिवार अफगानिस्तानसँग खेल्ने छ ।
प्रतियोगिताका खेलहरू माथिल्लो र तल्लो मूलपानी मैदानमा भइरहेका छन् । प्रतियोगिता यही शनिवारसम्म चल्नेछ । नेपालले आठ पटक १९ वर्षमुनिको विश्वकप खेलिसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।