नारायणघाट–बुटवल सडकको पूर्वी खण्डमा साना पुलको निर्माण सम्पन्न
बैशाख ३, २०८२ बुधबार
काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पन्जाब किङ्ग्सले कोलकाता नाइट राइडर्सलाई १६ रनले हराएको छ ।
हिजो भएको खेलमा पन्जाबले दिएको १ सय १२ रनको सामान्य लक्ष्य पछ्याएको कोलकाता १५ ओभर १ बलमा ९५ रनमा अल आउट भयो ।
कोलकाताका अङकृश रघुवंशीले सर्वाधिक ३७ रन बनाए । पन्जाबका लागि युजबेन्द्र चाहलले ४ र मार्की जानसेनले ३ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पन्जाबले १५ ओभर ३ बलमा १ सय ११ रन बनाएको थियो । उसका प्राभसिम्रन सिंहले ३० रन बनाए । प्रियान्स आर्याले २२ रन जोडे ।
कोलकाताका हर्षित रानाले ३ विकेट लिए । यस्तै वरूण चक्रवर्ती र सुनिल नराइनले २/२ विकेट लिए ।
६ खेलमा ४ मा जीत र २ मा हार बेहोरेको पन्जाब ८ अङ्कसहित तालिकाको चौथो स्थानमा छ । सात खेलमा ३ जीत र ४ मा हार बेहोरेको कोलकाता ६ अङ्कसहित छैटौं स्थानमा छ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स खेल्दैछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।