काठमाण्डौ उपत्यकासहित केही ठाउँमा वर्षा, बिहीवारदेखि फेरि अर्को प्रणाली सक्रिय हुने

 वैशाख १, २०८२ सोमबार १६:४६:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्वीर

काठमाण्डाै – आज पनि काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रसहित देशका केही ठाउँमा पानी परेको छ । काठकाण्डौको साँखु र ललितपुरको खुमलटारमा एक घण्टामै १२ मिलिमिटरभन्दा धेरै पानी परेको छ ।

आज काठमाण्डौ उपत्यकालगायत बागमती प्रदेशको सिन्धुपाल्चोक, काभ्रे र दोलखा जिल्ला आसपासको क्षेत्र, कोशी प्रदेशको पाँचथर, ताप्लेजुङ र सोलुखुम्बु जिल्ला आसपासको क्षेत्र तथा कर्णाली प्रदेशको जुम्ला र दैलेख जिल्ला आसपासको क्षेत्रका केही ठाउँमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गएको मङ्गलवारदेखि सक्रिय भएको पानी पार्ने प्रणाली अहिले केही कमजोर भए पनि केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा भएको हो । पर्सि बुधवारसम्म काठमाण्डाै उपत्यकासहित देशका विभिन्न भागमा राति आकाश खुल्ने र बिहानपख घाम लाग्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । तर दिउँसोदेखि बेलुकासम्म छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।

आउँदो बिहीवारदेखि भने पुनः पानी पार्ने प्रणाली सक्रिय हुने मौसमविद्को अनुमान्छ । बिहीवारपछिको वर्षाले हिउँदे बाली थन्क्याउन असर पुर्‍याउन सक्ने भएकाले आउँदो बिहीवारदेखि केही दिन बाली भित्र्याउने काम नगर्न मौसमविद्को सुझाव छ ।

पहाडी तथा तराई भेगमा अहिले गहुँ, दलहन र तेलहन बाली भित्र्याउने बेला भएको छ । राति आकाश खुलेर बिहान घामसमेत लाग्ने हुनाले कतिपय ठाउँमा किसानहरूले बालीनाली काट्न पनि थालेका छन् ।

अन्तिम अपडेट: बैशाख २, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया