प्रतिकूल मौसम बदली हुँदा हवाई उडान प्रभावित
पुस २१, २०८१ आइतबार
काठमाण्डौ – यूएईमा कार्यरत अर्का नेपालीलाई फेरि करोडौँको चिट्ठा परेको छ ।
यएईको स्थानीय सञ्चार माध्यम खालिज टाइम्सका अनुसार यूएईमा कार्यरत नेपाली सूर्यलाई दश लाख यूएई दिर्हाम अर्थात् यो समाचार तयार पार्दाको विनिमय दर अनुसार तीन करोड ५९ लाख एक हजार ३८७ रुपैयाँको चिट्ठा परेको हो । उहाँलाई यो यूएईको महजुज चिट्ठा गएको शनिबार परेको हो । सूर्यको थर भने उल्लेख गरिएको छैन ।
चिट्ठा जितेपछि सूर्यको भनाइलाई उद्धृत गर्दै खालिजटाइम्सले लेखेको छ ‘म अहिले पनि मिलियन दिर्हाममा कति वटा शून्य हुन्छ भनेर गन्ने कोसिस गरिरहेको छु ।’
३३ वर्षीय सूर्य रोजगारीका लागि सात वर्ष अघि यूएईको आबुधाबी जानुभएको थियो । आबुधाबीमा मेशिन अपरेटरको रूपमा कार्यरत उहाँले मासिक दुई हजार दिर्हामभन्दा माथि कमाउँदै आउनुभएको छ ।
शनिबार महजुजको १२८ औँ ड्र हुँदा पनि उहाँ काम नै गरिरहनुभएको थियो । चिट्ठा काटे पनि आफूलाई नै यो चिट्ठा पर्ला भनेर उहाँले कल्पना समेत गर्नुभएको थिएन ।
‘आइतबार बिहान महजुजको खाता नहेर्दासम्म पनि मलाई यो चिट्ठा परेको छ भन्ने थाहै थिएन’ सूर्यले खालिज टाइम्ससँग भन्नुभएको छ ।
सूर्यले आफूले चिट्ठामा जितेको रकम आफ्नो आमाको लागि घर किन्ने र बालबच्चाको पढाइमा खर्च गर्ने बताउनुभएको छ ।
‘मलाई जहिले पनि भविष्यको चिन्ता हुने गरेको थियो, तर अब यो चिट्ठा पछि मैले जस्तो मेरो जीवनको कल्पना गरेको थिएँ त्यसरी नै जिउन सक्नेछु’ सूर्यले खुसी हुँदै भन्नुभयो ‘म एकदमै धन्य र खुसी छु ।’
उहाँ महजुजको ४३ औँ मिलिनियर हुनुभएको छ भने नेपालबाट रोजगारीमा गएर यूएईमा चिट्ठा मार्फत करोडौं रकम जित्ने उहाँ तेस्रो नेपाली हुनुभएको छ ।
यसअघि यूएईमा कार धुने काम गरिरहनुभएका भरतले १० मिलियन र सवारी चालकको रूपमा कार्यरत पदमले २० मिलियन यूएई दिर्हामको चिट्ठा जित्नुभएको थियो ।
ben bahadur bisowakarma
May 17, 2023, 7:29 p.m.20232530