डलरलगायतका केही विदेशी मुद्राको भाउ बढ्यो
पुस १२, २०८१ शुक्रबार
काठमाडौं – वैदेशिक रोजगार विभागले सेवाग्राहीकाे चाप बढेपछि शनिबार पनि श्रम स्वीकृतिका लागि कार्यालय खुला गर्ने भएको छ ।
वैदेशिक रोजगारीमा जाने सेवाग्राहीको चाप अत्याधिक रहेको भन्दै विभागले सार्वजनिक बिदाका दिनसमेत श्रम स्वीकृति दिन लागेको हो ।
शनिबार बिहान १० देखि अपराह्न ३ बजेसम्म ताहाचलमा रहेकाे वैदेशिक रोजगार कार्यालयमा आउने सेवाग्राहीलाई श्रम स्वीकृति प्रदान गरिने विभागले जनाएको हो ।कार्यालयले विभिन्न देशमा काम गर्न जाने नेपाली कामदारका लागि श्रम स्वीकृति प्रदान गर्दै आएको छ ।