प्रतिकूल मौसम बदली हुँदा हवाई उडान प्रभावित
पुस २१, २०८१ आइतबार
काठमाण्डाै - नेपालले खाडीका श्रम गन्तव्य देशहरुलाई सामूहिक प्रयासबाट श्रम बजारका समस्या समाधान गर्न आग्रह गरेको छ । श्रमबजारको मागअनुसार सीपयुक्त जनशक्ति उत्पादनमा लगानी तथा श्रमिक र परिवारको सुरक्षाका लागि सामाजिक सुरक्षामा सुनिश्चितताको लागि पनि नेपालले जोड दिएको छ ।
साउदी अरबको रियादमा हिजो भएको मन्त्रिस्तरीय र व्यावसायिक गोलमेच सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सामूहिक प्रयासबाट श्रम बजार व्यवस्थित गरेर उत्पादकत्व अभिवृद्धि गर्नुपर्ने र सामाजिक सुरक्षा दिनुपर्ने बताउनुभएको हो ।
नेपालमा सङ्गठित श्रमको अनिवार्यतालाई आफूहरुले बुझेको उल्लेख गर्दै मन्त्री भण्डारीले सीप विकासलाई प्राथमिकता दिएको बताउनुभयो । श्रमिक र रोजगारदाताबीच सम्बन्ध निर्माण गर्न सरकारी निकायले विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिँदै उहाँले सामाजिक सुरक्षा कसरी प्रदान गर्ने भन्ने उत्तरदायित्व सरकारको हुने उल्लेख गर्नुभयो ।
मन्त्री भण्डारीले कुशल र उत्पादक श्रम बजारका लागि अन्तर्राष्ट्रिय मञ्चमार्फत पारस्परिक सूचना र शिक्षा आदानप्रदान गर्न तथा सामूहिकरुपमा काम गर्नका लागि सम्पर्क सञ्जाल स्थापना गर्न प्रस्तावसमेत गर्नुभएको छ ।
खाडी देशले नेपालबाट अदक्ष श्रमिक लैजाने गरेको भन्दै उहाँले सीपयुक्त जनशक्ति उत्पादनका लागि मुख्य गन्तव्य देशहरुसँग बारम्बार अनुरोध गर्दै आएको पनि बताउनुभएको छ । मन्त्री भण्डारीले खाडीका देशहरुमा श्रमिकहरुले अझै बाध्यकारी श्रम गर्नुपरेको भन्दै सरकार, रोजगारदाता र श्रमिकबीच विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । खाडीका देशहरुमा श्रम नीति अझै लचिलो नहुँदा श्रमिकलाई आफूले चाहेको रोजगारदाता छनोट गर्न समस्या छ ।
यस्तै, करारपत्र समाप्त भइसकेपछि रोजगारदाताको अनुमति नभएसम्म देश छाड्न या आफूले रोजेको अर्को रोजगारदातासँग गएर काम गर्न पनि कठिन हुने गरेको छ । त्यसले खाडीका देशहरुलाई लचिलो श्रम नीति अपनाउन पनि नेपालले आग्रह गरेको छ ।