सहलेशलाई पेनाल्टीमा हराउँदै एनआरटी क्लब फाल्गुनन्द गोल्डकपको स...
पुस ११, २०८१ बिहिबार
लैङ्गिक हिंसा सम्बोधन र न्युनीकरणका लागि स्थानिय स्तरमा बनेका संरचनाहरुको प्रभावकारिता, सामाजिक न्यायमा समान पहुँच लागि भइरहेका गतिविधि, जलवायु परिवर्तनले सीमान्तकृत वर्गमा पारेको प्रभाव जस्ता विषयवस्तु समेटेर तयार गरिएको कार्यक्रम हेरौं, सुनौं, बदलौं ।
यिनै बिषयमा हरेक आइतबार र बुधबार बिहान ७ः३० देखि ८ः०० बजेसम्म उज्यालो एफएम ९० मेगाहर्ज, उज्यालोको फेसबुक र युट्युवमा सुन्न र हेर्न सक्नुहुन्छ । साथै, उज्यालो अनलाइनबाट डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ ।
आजको कार्यक्रम हेरौं, सुनौं, बदलौं : सम्वाद अंक ९ निम्न वर्गीय महिलामा आर्थिक अवसरका पाटाहरु र सरकारी सेवामा महिलाको पहुँचलगायतका विषयमा राष्ट्रिय योजना आयोगकी पूर्व सदस्य सलोनी सिंह र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी उपसचिव मीना पौडेलसँग गरिएको कुराकानी