प्रधानमन्त्री कप क्रिकेट फागुन २५ गतेदेखि, लुम्बिनीमा ३ वटा मै...
फागुन ९, २०८१ शुक्रबार
काठमाण्डाै – पाकिस्तानका बाबर आजमलाई पछि पार्दै भारतका शुभमन गिल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडीआई) वरीयताको शीर्ष स्थानमा पुगेका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा गिल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको ब्याटिङतर्फ ७९६ अङ्कसहित पहिलो स्थानमा पुगेका हुन् । बाबर आजम ७७३ अङ्कसहित दोस्रो स्थानमा छन् । एकदिवसीय ब्याटिङ वरीयतामा भारतका कप्तान रोहित शर्मा तेस्रो स्थानमा यथावत् छन् ।
यस्तै एकदिवसीय बलिङ वरीयतामा अफगानिस्तानका राशिद खानलाई पछि पार्दै श्रीलङ्काका महीष तीक्षणा ६८० अङ्कसहित शीर्ष स्थानमा पुगेका छन् । राशिद खान ६६९ अङ्कसहित दोस्रो स्थानमा छन् । एकदिवसीय बलिङ वरीयतामा नामिबियाका बर्नार्ड शोल्ट्ज तेस्रो स्थानमा यथावत् छन् ।
यस्तै एकदिवसीय अलराउन्डर वरीयतामा अफगानिस्तानका मोहम्मद नबी शीर्ष स्थानमा, जिम्बावेका सिकन्दर रजा दोस्रो स्थानमा र अफगानिस्तानकै अजमतुल्लाह ओमरजाई तेस्रो स्थानमा यथावत् छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।