झन्डै ३३ हजार वर्गमिटर क्षेत्रमा ढुङ्गा बिछ्याउँदै काठमाण्डौ महानगर
फागुन ९, २०८१ शुक्रबार
काठमाण्डाै – यस वर्ष दक्षिण कोरियाली भाषा परीक्षाको नयाँ आवेदन खुलाउन ढिला हुने भएको छ । अघिल्लो वर्ष उत्पादनमूलक क्षेत्रमा पुसमै भाषा परीक्षाको आवेदन खुलाेकोमा यस वर्ष अझै केही ढिला हुने भएको हो ।
कोरियाको मानव संशाधन विभागको वेबसाइटमा पनि नेपालसहित केही देशमा रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षाको आवेदन मिति तय हुन बाँकी रहेको उल्लेख छ । ईपीएस कोरिया शाखाका निर्देशक राजकुमार राई पनि अहिलेसम्म भाषा परीक्षाको कार्यतालिका प्राप्त नभएको बताउनुहुन्छ ।
भाषा परीक्षाको आवेदन खुलाउनुअघि गर्नुपर्ने दुई देशबचीको द्विपक्षीय श्रम सम्झौता नवीकरण पनि बाँकी छ । नेपाल र दक्षिण कोरियाबीच हरेक दुई वर्षमा नवीकरण गर्नुपर्ने श्रम सम्झौता गएको नोभेम्बरमा सकिएको छ । परीक्षाको मिति तय नहुँदा अन्योल बढेको भाषा परीक्षाको तयारी गरिरहेकाहरू बताउँछन् ।
गएको वर्ष एक लाख ६३ हजार जनाले आवेदन दिएकामा १७ हजार ३० जना भाषा परीक्षामा उत्तीर्ण भएका थिए । अहिले ३० हजार जनाभन्दा धेरै नेपाली भाषा परीक्षा पास भएर दक्षिण कोरिया जाने पर्खाइमा छन् । पर्खाइमा रहेकाहरूको सङ्ख्या धेरै भएकाले पनि अर्को परीक्षाको मिति तोक्न ढिलाइ भएको शाखाले जनाएको छ । श्रम मन्त्रालयले पनि आवश्यकताका आधारमा मात्रै परीक्षा सञ्चालन गर्न सुझाव दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।