सुनसरीको कोशी गाउँपालिका–६ मा बर्डफ्लु पुष्टि

 फागुन ७, २०८१ बुधबार १८:२०:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ६ मा बर्डफ्लु पुष्टि भएको छ । सप्तकोशी कृषि फार्मका हाँसमा बर्डफ्लु रोग पुष्टि भएपछि नष्ट गरेको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले जानकारी दिनुभयो ।

पाँच सयभन्दा बढी हाँसका चल्लामा बर्डफ्लु रोग देखिएपछि कृषि फर्मलाई केन्द्र मानेर चारकिल्लाभित्रको क्षेत्रलाई नियन्त्रणमा राखिएको उहाँले बताउनुभयो । फार्ममा रहेका केही कुखुरा पनि मरेका छन् । जिल्लामा रहेको बर्डफ्लु नियन्त्रण समितिले निरीक्षण गरी बर्डफ्लु सङ्क्रमित फार्मका अरू चल्लालाई पनि नष्ट गर्ने प्रक्रिया शुरू गरेको छ ।

बर्डफ्लु रोग देखिएको कृषि फार्म वरिपरि कुखुरा र हाँसको ओसारपसार गर्न नदिइएको प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रले उज्योलालाई जानकारी दिनुभयो । साथै जिल्लाका विभिन्न ठाउँबाट कुखुरा र हाँसको नमूना लिने काम पनि भइरहेको उहाँले बताउनुभयो ।

माघको अन्तिम हप्तादेखि फार्ममा धमाधम हाँस मर्न थालेका थिए । केन्द्रीय पशुपक्षी रोग परीक्षण प्रयोगशालामा हाँसको नमूना जाँच गरेपछि बर्डफ्लु सङ्क्रमण पुष्टि भएको थियो । हाँसमा शुरूमै लक्षण नदेखिने र एकैपटक मर्ने खालको हुने पशु चिकित्सक बताउँछन् ।

अन्तिम अपडेट: फागुन ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया