त्रिशूली नदीको बुट्टारमा बिजुली उत्पादन रोक्न माग गर्दै सर्वाेच्चमा रिट दायर

 चैत १५, २०८० बिहिबार १८:२३:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर आयोजना ब्लु इनर्जी प्रालिको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) बदरको मागसहित सर्वाेच्च अदालतमा रिट दायर भएकाे छ । आयोजनाले उत्पादन गर्ने भनिएको एक सय मेगावाट बिजुली उत्पादन रोक्ने आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएकाे हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई अधिवक्ता पदमबहादुर श्रेष्ठसहित स्थानीय ५९ जनाले हिजो दायर गर्नुभएको रिटमा बिजुली उत्पादन गर्नेगरी २०७४ साल साउन ३ गते पारित भएको ईआईए बदर गर्न माग गरिएको छ ।

रिटमा नुवाकोटको देवीघाटबाट चितवनको देवघाटसम्मको त्रिशूली नदीको क्षेत्र र नारायणी नदीको देवघाटबाट त्रिवेणी, नवलपरासी बर्दघाट सुस्तापूर्वसम्मको नदी क्षेत्रलाई सम्पदा नदी घोषणा गर्न माग गरिएको छ ।

यस्तै नदीको अस्तित्व र प्राकृतिक महत्त्व जोगाउनुपर्ने रिटमा उल्लेख छ । दायर गरिएको रिटमा आयोजनाले बिजुली उत्पादनकाे कुनै पनि काम शुरु नगरेको तथा जग्गा अधिकरण गर्ने, क्षतिपूर्ति दिने, क्षतिको पहिचान र व्यवस्थापन गर्ने, मुर्दाघाट सार्ने, र्‍याफ्टिङ व्यवसायको समस्या सम्बोधनलगायत विषयमा ध्यान नदिएको उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया