शेयर बजार उच्च अङ्कले घटेर २ हजार ६ सय ५५ विन्दुमा
बैशाख १०, २०८२ बुधबार
काठमाण्डौ – छिमेकी भारतको जम्मू–काश्मीर पहलगाममा भएको आतङ्कवादी आक्रमणको नेपाल सरकारले निन्दा गरेको छ ।
परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति निकालेर पर्यटकमाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गरेको हो । साथै मृतकका परिवारप्रति समवेदना तथा घाइतेको शीघ्र एवम् पूर्ण स्वास्थ्यलाभको कामना गरिएको छ । विज्ञप्तिमा ‘दुःखको यो घडीमा नेपाल सरकार भारत र त्यहाँका नागरिकसँग दृढ ऐक्यबद्धता प्रकट गर्दछ’ भनिएको छ ।
त्यस्तै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्रीलगायतले पनि छुट्टाछुट्टै वक्तव्यमार्फत् आतङ्कवादी आक्रमणको निन्दा गर्नुभएको छ । राष्ट्रपति पौडेलले निर्दोष व्यक्तिलाई लक्षित गरी गरिएको हिंसात्मक कार्य पूर्णतया निन्दनीय रहेको उल्लेख गर्नुभएको छ ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रमणको निन्दा गर्दै आतङ्कवादविरुद्ध नेपाल भारतको साथमा रहेको जनाउनुभएको छ । उहाँले यो घटनामा एक नेपाली नागरिकले ज्यान गुमाएको सार्वजनिक रिपोर्टलाई पुष्टि गर्ने प्रयास भइरहेको बताउनुभएको छ ।
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले विवेकहीन हिंसा भन्दै कडा शब्दमा निन्दा गर्नुभएको छ । साथै घटनामा नेपाली नागरिकको ज्यान गएको भन्ने विवरणको पुष्टि गर्ने प्रयास भइरहेको र त्यससम्बन्धी विवरण प्राप्त हुनासाथ अद्यावधिक गरिने जानकारी दिनुभएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार हिजो दिउँसो भएको आक्रमणमा परी एक जना नेपालीसहित कम्तीमा २६ जनाको ज्यान गएको छ । केही नागरिक घाइते भएका छन् । ज्यान गुमाउने र घाइते भएकाहरुको सङ्ख्याबारे फरक–फरक विवरण आइरहेका छन् ।
जम्मू–कश्मीरमा पर्ने पहलगामको बैसारन ठाउँलाई ‘मिनी स्विटजरल्याण्ड’ मानिन्छ । हिजोको आक्रमणपछि साउदी अरबको भ्रमणमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमण छोट्याएर स्वदेश फर्किनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।