रुसद्वारा युक्रेनमा अस्थायी युद्धविराम घोषणा : युद्धविराम भने ...
बैशाख ७, २०८२ आइतबार
आर्थिक अनियमितता प्रकरणमा पक्राउ परेका भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई थप चारदिन ईडी अर्थात प्रवर्तन निर्देशनालयको हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । उनी अब अप्रिल १ सम्म हिरासतमा रहनेछन् ।
यसअघि दिइएको ६ दिनको समय सीमा सकिएपछि ईडीले हिजो केजरिवालमाथि अनुसन्धान गर्न थप सात दिनको समय माग गरेका थियो । तर अदालतले चारदिन मात्रै समय थप गरेको छ । ईडीले केजरीवाललाई सोधपुछपछि एक अप्ताअघिको बिहीवार निवासबाटै पक्राउ गरेको थियो ।
त्यसपछि उनलाई गएको शुक्रवार अदालतमा पेस गरिएको थियो । यस्तै जेलमा रहेकाले केजरीवाललाई मुख्यमन्त्री पदबाट मुक्त गर्नुपर्ने मागसहित परेको निवेदनलाई भने अदालतले खारेज गरेको छ ।
अदालतले मुख्यमन्त्री पदबाट मुक्त गर्नुपर्ने नियम र कानुन नरहेको भन्दै त्यसमा न्यायीक हस्तक्षेपको कुनै ठाउँ नभएको बताएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।