नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले दक्षिण अफ्रिकालाई ११ ...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ – विशेष अदालतले अनलाइन प्रणालीबाटै मुद्दाको सुनुवाइ गर्न शुरु गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको उपस्थितिमा विशेष अदालतको एक नम्बर इजलासमा अनलाइन बहसको शुरुवात भएको हो ।
परीक्षणका रूपमा शुरु गरिएको अनलाइन प्रणालीमार्फतको सुनुवाइ पर्सि आइतवारदेखि नियमितरूपमा अघि बढ्ने विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिनुभयो ।
भ्रष्टाचार, सम्पत्ति शुद्धीकरणलगायत विशेष अदालतले हेर्ने मुद्दाका पक्ष देशको जुनुसुकै ठाउँमा रहे पनि सुनुवाइका लागि काठमाण्डाै नै आउनुपर्ने बाध्यता छ । अब भने कानुन व्यवसायी तथा पक्षले बहस पैरवीका लागि अदालतको इजलासमा पुग्नुपर्ने बाध्यता हटेको छ ।
कानुन व्यवसायीले आफ्नै घर, कार्यालय वा ल फर्मबाटै बहस गर्न सक्छन् । विशेष सरकारी वकिलको कार्यालयले पनि कार्यालयबाटै बहस गर्न सक्नेछ । एउटा पक्ष अदालतमा उपस्थित हुने र अर्को पक्ष अनलाइनबाट बहस गर्न चाहेमा दुवैले बहस सुन्न र त्यसको प्रतिवाद गर्न इजलासमा मनिटर र स्पिकरको व्यवस्था गरिएको छ ।
विशेष अदालतले शुरु गरेको अनलाइन बहस ऐच्छिक हो । कानुन व्यवसायीले चाहेमा मात्रै अदालतले उनीहरूलाई अनलाइन बहसको सुविधा दिने गरेको छ । अदालतमै उपस्थित हुन चाहने कानुन व्यवसायीले यसअघिकै प्रक्रियाअनुसार इजलासमा उपस्थित भएर बहस गर्न सक्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।