गण्डक नहरमा भेटिएको डल्फिन नारायणी नदीमा छोडियो

 चैत १७, २०८० शनिबार १५:११:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

सामाजिक सञ्जाल

काठमाण्डाै – पश्चिम नवलपरासीको प्रतापपुर–७ सूर्यपुरामा रहेको गण्डक नहरमा डल्फिन भेटिएको छ । हिजो दिउँसो भेटिएको डल्फिनलाई स्थानीय, वन रक्षक र प्रहरीको सहयोगमा उद्धार गरी पूर्वी नवलपरासीको त्रिवेणीमा रहेको नारायणी नदीमा छाडिएको जिल्ला वन कार्यालयका निमित्त प्रमुख रविन्द्रनाथ चौधरीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार डल्फिन अनुमानित ७०/७५ किलो र लम्बाई ६ फिटभन्दा बढी रहेको छ । डल्फिन गण्डक बाँधबाट भारतीय नहर हुँदै सूर्यपुरा विद्युत् गृहको बाँधसम्म आएको निमित्त प्रमुख चौधरीले बताउनुभयो ।

पछिल्लो समय नारायणी नदी आसपासमा डल्फिनको सङख्या बढ्दै गएको छ । तर डल्फिनको संरक्षणमा सरकारले चासो नदिएको संरक्षणकर्मीले बताएका छन् । डल्फिन नेपालमा पाइने एकमात्र स्तनधारी जलचर प्राणी हो ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया