भद्रपुरमा न्यायिक समितिमा परेका उजुरीमध्ये ८५ प्रतिशत मेलमिलापका माध्यमबाट निरुपण

 चैत १७, २०८० शनिबार १५:१५:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

झापा – भद्रपुर नगरपालिकामा न्यायिक समितिमा परेका उजुरीमध्ये ८५ प्रतिशत मेलमिलापका माध्यमबाट निरुपण भएका छन् । चालु आर्थिक वर्षको अहिलेसम्ममा समाधान भएका ४७ मध्ये ४० उजुरीको मेलमिलापका माध्यमबाट गरिएको न्यायिक समितिले जनाएको छ ।

नगरपालिकामा जग्गा मिचेको, पति पत्नीबीचको झगडा, ज्याला मजदुरी नदिएकोलगायत विषयमा प्रमुख रुपमा उजुरी आउने गरेका छन् । उजुरी परिसकेपछि दुवै पक्षलाई जितको महसुस हुने गरी एकआपसमा समझदारी कायम गरी खुशी बनाएर पठाउने गरेको समितिका संयोजक एवम् भद्रपुर नगरपालिकाका उपमेयर राधा कार्कीले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया