झापाको पृथ्वीनगरमा महाभारतकालीन कीचकवधको उत्खनन

 चैत १८, २०८० आइतबार १२:११:४६ | रासस
unn.prixa.net

रासस

झापा – भद्रपुर नगरपालिका–३ पृथ्वीनगरमा महाभारतकालीन कीचकवधमा दुई हजार दुई सय वर्ष पुराना पाँच वटा भवनका संरचना भएको पुष्टि भएको छ ।

पुरातत्त्व विभागको टोलीले उत्खनन गरेपछि त्यसको पुष्टि भएको हो । पुरातत्त्वविद् उद्धव आचार्यले उत्खननबाट उत्तरपूर्वमा एउटा बहुतले ठूलो भवन, ठूलो भवनकै केही दक्षिणमा अर्को भवन, उत्तरपश्चिम छेउमा सेन्ट्री बस्नेसहितको अर्को भवन, पश्चिम दक्षिणमा अर्को बहुतले भवन फेला परेको जानकारी दिनुभयो ।

उहाँले चार वटै भवनको दक्षिणमा झन्डै दुई सय फिटको दूरीमा दुई तले अर्को सुरक्षाकर्मीका प्रमुख र सुरक्षाकर्मी बस्ने भवन गरी पाँच भवनका संरचना फेला परेको बताउनुभयो । पुरातत्त्वविद् आचार्यले मूल भवनको उत्खनन अर्को वर्ष पूरा हुने जानकारी दिनुभयो । अझ गहिराइसम्म उत्खनन गर्दा बुद्धकालभन्दा अगाडिसम्म जान सक्ने सङ्केत पाइएको उहाँको भनाइ छ ।

आचार्यले अहिले उत्खनन गरिएको क्षेत्रमा रुख भएकाले तिनलाई हटाउनुपर्ने, कीचकलाई मारेको मूर्ति स्थानान्तरण गर्नुपर्ने, कीचकवधस्थलभित्र गाडीको प्रवेश रोक्नुपर्ने तथा त्यहाँका सम्पदाको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

पुरातत्त्व विभागले कीचकवधमा २०५८ सालमा पहिलो पटक उत्खनन गरेको थियो । यो उत्खनन पुरातत्त्वविद् आचार्यकै नेतृत्वमा भएको थियो । यस पटकको उत्खनन सातौँ हो ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया