एक हप्तासम्म देशका केही ठाउँमा हावाहुरी, चट्याङ र वर्षाको सम्भावना

 चैत २३, २०८० शुक्रबार ९:१:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – आजदेखि आउँदो एक हप्तासम्म देशका बिभिन्न ठाउँमा हावाहुरी, चट्याङ  र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले गरेको साप्ताहिक मौसम पूर्वानुमान अनुसार शुरुमा पश्चिमी वायू तथा हप्ताभर नै स्थानीय वायूको प्रभाव रहने सम्भावना छ ।

यो हप्ताको शुरुमा गण्डकी र कर्णाली प्रदेशको पहाडी भेगका थोरै ठाउँहरुमा मेघगर्जन र चट्याङ्गसहित  हल्कादेखि मध्यम वर्षा तथा बाँकी पहाडी भेगका  एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित  हल्का वर्षाको सम्भावना रहेको छ । हप्ताको मध्य र अन्त्यमा देशका पहाडी भेगका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित  हल्का वर्षाको सम्भावना रहेको छ । बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भेगका थोरै ठाउँहरुमा साताभर नै हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार देशका धेरै ठाउँहरुमा उच्चतम तापक्रम र न्यूनतम तापक्रम हल्का बढ्ने सम्भावना रहेको छ । पूर्वी तराईको तुलनामा मध्य र पश्चिम तराईमा उच्चतम तापक्रम अलि बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । आज गण्डकी, कर्णाली र सुदूरपश्चिम, कोशी र बाग्मती प्रदेश लगायत पहाडी भेगका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

महाशाखाकाअनुसार  कोशी, गण्डकी र कर्णाली प्रदेशसहित उच्च पहाडी र हिमाली भेगका एक, दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहको छ । हिजो गण्डकी प्रदेशका कास्की, गोरखा, मनाङ लगायतका एक, दुई ठाउँमा मध्यम वर्षा भएको मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो ।

केही दिनदेखि देशका सबै ठाउँमा गर्मी बढेको छ । तराईमा तापक्रम ३५ देखि ४० डिग्री सेल्सियससम्म पुगेको छ । भैरहवा, धनगढी, नेपालगञ्ज र जनकपुरको तापक्रम  ३८ डिग्री सेल्सियसभन्दा बढी पुगेको छ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया