नागरिकले फ्याँकिसकेको राजतन्त्र आउने भ्रम पाल्नु हुँदैन : प्रधा...
चैत ३०, २०८१ शनिबार
काठमाण्डौ – नेपाल सुपर लिग (एनएसएल) फुटबलमा झापा एफसी र पोखरा थन्डर्स बराबरी खेलेका छन् । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज पहिलो खेलमा झापा र पोखराले १–१ गोलको बराबरी खेलेका हुन् ।
झापाका लागि अर्सिक लजार र पोखराका स्टेफेन बिनङ्गले एक–एक गोल गरे । बराबरीसँगे दुवै टोलीले एक–एक अङ्क बाँडेका छन् । झापा चार खेलमा चार अङ्कसहित तालिकाको छैटौं स्थानमा छ । पाँच खेल खेलेको पोखरा पाँच अङ्कसहित चौथो स्थानमा छ ।
यस्तै आजै हुने दोश्रो खेलमा बुटवल लुम्बिनी एफसी र ललितपुर सिटी एफसी खेल्दैछन् । ललितपुर चार खेलबाट आठ अङ्क जोड्दै लिग तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानको धनगढीको पनि समान अङ्क छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।