धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
डोटी – सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीको सेती नदीलगायत अन्य ग्रामीण भेगमा रहेका नदी र खोलाहरूमा केही सयम यतादेखि विष्फोटक पदार्थ लोला, जिलेटिन र करेन्टको प्रयोग गरेर धमाधम माछा मार्ने क्रम बढेको छ ।
सेती नदी तथा स्थानीय खोलामा विष्फोटक पदार्थ लोला, जिलेटिन तथा करेन्ट लगाएर माछाका प्रजाति नै सखाप पार्ने काम हुने गरेको स्थानीयवासीको गुनासो छ ।
खुलेआम रुपमा खोला र नदीमा विष्फोटक पदार्थ तथा करेन्ट लगाएर माछा मार्ने गरे पनि प्रहरी र अन्य निकायले केही पनि नगरेको स्थानीयहरूको गुनासो गरेका छने ।
धेरै जसो खोलाहरूमा सोलार ब्याट्री र तारको जोहो गरी माछा मार्ने गरिएको र नदीमा विष्फोटक पदार्थ लोला, जिलेटिनको प्रयोग गरी बलाष्टिङ गरी माछा मार्ने काम भइरहेको केआईसिंह गाउँपालिकामा पर्ने नारीदांङका स्थानीय करबिर साउदले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सडक छेउछाउमा पर्ने तालहरुमा विष्टफोट गरे प्रहरी आउँछन् भनेर विष्फोट गर्दैनन्, यो ठाउँ एकान्त तथा सडक यातायातबाट टाढा भएकाले अधिकांशहरु विष्फोटक पर्दाथ लिएर दिनहुँ आउने र माछा मार्ने गर्छन् ।’
विष्फोटक पर्दाथ प्रयोग गरी माछा मार्दा अन्य साना माछा पनि मर्ने भएकाले माछाको प्रजाति नै लोप हुने स्थानीयवासीको दुखेसो छ । स्थानीयवासीका अनुसार विष्फोटक पर्दाथ प्रयोग गरी माछा मार्नेमा यहाँका स्थानीयवासीसँगै सडक तथा अन्य संरचना निर्माणमा संलग्न मजदुरहरू, प्रहरी र निर्माण व्यवसायीहरू नै रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।