कांग्रेस–एमाले सांसदबीच धकेलाधकेल, प्रतिनिधि सभा बैठक स्थगित

 जेठ ३, २०८१ बिहीबार १८:२५:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभाकाे आजकाे बैठकमा नेपाली कांग्रेस र नेकपा एमाले सांसदबीच धकेलाधकेल भएकाे छ ।

झन्डै दुई घण्टा ढिलाे गरी शुरु भएकाे बैठककाे प्रारम्भमै नेपाली कांग्रेसका सांसदले अवराेध गरेका थिए । अवराेधकै बीच सभामुख देवराज घिमिरेले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएपछि कांग्रेस–एमाले सांसदबीच धकेलाधकेल भएको हो ।

सांसदहरूबीच धकेलाधकेलकाे अवस्था भएपछि सभामुख घिमिरेले भोलि बिहान ११ बजे बस्नेगरी बैठक स्थगित गर्नुभएकाे छ ।

यसअघि आज बिहान ११ बजेका लागि निर्धारित प्रतिनिधि सभाको बैठक सत्तारूढ र प्रतिपक्षी दलबीच सहमतिको प्रयास जुटाउनका लागि दिउँसो ४ बजेका लागि सारिएको थियो ।

कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गरेर संसद्काे दुवै सदनकाे बैठकमा अवरोध गर्दै आएको छ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया