संक्रमणकालीन न्यायसम्बन्धी आयोगका लागि ३४ जनाको नाम सार्वजनिक

 वैशाख १५, २०८२ सोमबार ९:६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी दुई आयोगका लागि ३४ जनाको नाम सार्वजनिक भएको छ । पदाधिकारी सिफारिसका लागि गठित सिफारिस समिति (सर्च कमिटी) ले सर्ट लिस्ट अर्थात् संक्षिप्त सूची छनोट गरी सार्वजनिक गरेकोे हो ।

३४ जनामध्येबाट १० जना बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुण तथा मेलमिलाप आयोगको पदाधिकारी बन्नेछन् । समितिले संक्षिप्त नामावलीमा परेका व्यक्तिहरुका बारेमा प्रतिक्रिया जनाउन आह्वान गरेको छ ।

उनीहरुबारे आउँदो २० गतेसम्म सिफारिस समिति समक्ष आइपुग्ने गरी लिखित वा विद्युतीय रूपमा प्रतिक्रिया जनाउन समितिले आह्वान गरेको हो । दुई आयोगका पदाधिकारी र सदस्यका लागि आवेदन दिएका एक सय ११ आवदेकहरुमध्ये ३४ जनाको संक्षिप्त सूची सार्वजनिक भएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया