आईपीएल क्रिकेटमा आज बेंगलुरु र चेन्नई खेल्दै : दुवै टोली जित्नैपर्ने दबाबमा

 जेठ ५, २०८१ शनिबार ९:४९:५० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र चेन्नई सुपर किंग्स खेल्दैछन् । खेल बेंगलुरुमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । चेन्नई १३ खेलमा १४ अङ्कका साथ तालिकाको चौथो र बेंगलुरु समान १३ खेलमा १२ अङ्कका साथ सातौँ स्थानमा छ ।

प्लेअफमा पुग्न दुवै टोलीका लागि यो खेल जित्नैपर्ने अवस्था छ । आज चेन्नईले जित्यो भने १६ अङ्क हुनेछ । लिग चरणको अन्तिम खेलअघि बेंगलुरुलाई शीर्ष ४ मा पुग्न ठुलो जित आवश्यक छ । उसले चेन्नईलाई १८ रन वा ११ बल अगावै जित्नुपर्ने हुन्छ । हिजो भएको खेलमा लखनउ सुपर जाइन्ट्सले मुम्बई इन्डियन्सलाई १८ रनले हरायो । मुम्बईलाई हराए पनि लखनउ प्लेअफमा पुग्न सकेन ।  

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया