सरकार सञ्चालनमा कुनै समस्या छैन : गृहमन्त्री लेखक

 वैशाख १०, २०८२ बुधबार १८:९:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्वीर

काठमाण्डाै – गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार सञ्चालनमा कुनै समस्या नरहेको दाबी गर्नुभएको छ ।

नयाँ वर्ष २०८२ को सन्दर्भमा आज सुरक्षा बिटमा कार्यरत सञ्चारकर्मीहरूसँगको भेटमा उहाँले शिक्षामन्त्रीको राजीनामा र गभर्नर नियुक्तिको विषय सत्ता साझेदारीसँग जोडेर आशङ्का नगर्न आग्रह गर्नुभयो ।

गृहमन्त्री लेखकले सुदृढ शान्ति सुरक्षा, सक्षम गृह प्रशासन र स्रोतसाधन सम्पन्न सुरक्षा निकायलाई आफ्ना प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले गएकाे चैत १५ गते सङ्घीय राजधानीको तीनकुनेमा राजावादी समूहले गरेको हिंसात्मक प्रदर्शनको छानबिन भइरहेको जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १०, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया