संसदको गतिरोध हटाउन कांग्रेसका नेताहरुसँग भएको छलफल सकारात्मक

 जेठ ५, २०८१ शनिबार १२:४:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – संसदको गतिरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफललाई निरन्तरता दिनुभएको छ । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दल कांग्रेससँग छलफल गर्नुभएको छ । छलफलमा प्रधानमन्त्री समिति गठन गरी निकास दिन सकारात्मक रहेको पाएको कांग्रेसका नेता रमेश लेखकले बताउनुभयो ।

आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूले विश्वासको मत लिन लागेको विषयमा पनि जानकारी गराउनुभएको थियो । प्रधानमन्त्री प्रचण्ड आजै सत्तापक्षका दलसँग छलफल गर्ने र फेरि कांग्रेसका नेताहरुसँग छलफल गर्ने तयारीमा हुनुहुन्छ ।

अस्ति बिहीवारको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधकेल भएपछि तिक्ततापूर्ण बनेको अवस्थालाई सौहाद्र्धपूर्ण बनाउन पहल भैरहेको नेताहरुको भनाइ छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा दोषी देखिएको भन्दै कांग्रेसले संसदीय समिति बनाउनुपर्ने मागसहित निरन्तर संसद अवरोध गर्दै आएको छ ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया