ललितपुर मेयर्स कप महिला क्रिकेटको उपाधि एपीएफ क्लबलाई

 जेठ ५, २०८१ शनिबार १३:३१:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ललितपुर मेयर्स कप महिला टि–२० क्रिकेटको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । आज भएको फाइनल खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई दुई रनले हराएको छ ।

एपीएफले दिएको एक सय ५६ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ५३ रन मात्र बनाउन सक्यो ।

सुदूरपश्चिमका लागि कबिता जैसीले अविजित ६७ र लक्ष्मी साउदले २९ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । एपीएफका लागि करुणा भण्डारीले दुई र सुमन बिष्टले एक विकेट लिइन् ।

यसअघि कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको एपीएफ क्लबले  २० ओभरमा चार विकेट गुमाएर एक सय ५५ रन बनाएको थियो ।

लिग चरणमा अपराजित रहँदै फाइनलमा पुगेको एपीएफले सुदूरपश्चिमलाई पराजित गर्दै चाैथो पटक उपाधि जितेको छ । प्रतियोगितामा एपीएफ, सुदूरपश्चिम, ललितपुर मेयर्स, कोशी, बाग्मती र मधेश गरी पाँच टोली सहभागी थिए ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया