करेन्ट लगाएर माछा मर्ने क्रममा लमजुङमा एक जनाको ज्यान गयो

 जेठ ६, २०८१ आइतबार १८:२०:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

लमजुङ – करेन्ट लगाएर माछा मार्ने क्रममा लमजुङमा एक युवाको ज्यान गएको छ । दोर्दी गाउँपालिकाको किसेदी खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर दोर्दीकै जितौरेका २६ वर्षीय विकास गुरुङको ज्यान गएको लमजुङ प्रहरीले जनाएको छ ।

विकास गए राति साथीसहित माछा मार्न गएका थिए । त्यही ठाउँका बिनबहादुर गुरुङको धन्सारबाट बिजुलीको तार जोडी खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर उनको ज्यान गएको लमजुङका प्रहरी निरीक्षक थानेश्वर चापाइले बताउनुभयो ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया