रातो मच्छिन्द्रनाथको रथ लगनखेल पुर्‍याइयो

 जेठ ७, २०८१ सोमबार ९:४३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – रातो मच्छिन्द्रनाथको रथलाई हिजो लगनखेल पुर्‍याइएको छ । हिजो रथलाई टंगलबाट तानेर लगनखेलमा रहेको मच्छिन्द्रनाथको आमाको मन्दिरमा परिक्रमा गराइएको हो । आज बेलुकी पञ्चबली पुजा हुँदैछ ।

हरेक वर्ष रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलमा पुर्‍याएपछि महाबली पूजा गरिन्छ । यो वर्ष रथमा समस्या भएकोले सुन्धारादेखि लगनखेल पुर्‍याउन समय लागेको छ । जेठ २ गते सुन्धारादेखि लगनखेलसम्मको रथयात्रा शुरु भएको थियो । यस क्रममा रथ निकै ढल्किएकोले ४ गते रथयात्रा रोकेर मर्मत गरिएको थियो । त्यसपछि अस्ति ५ गतेदेखि रथयात्रा फेरि शुरु भएकोमा हिजो लगनखेल पुर्‍याइएको हो ।

विगतका वर्षहरुमा सुन्धारादेखि लगनखेलसम्मको रथयात्रा दुई दिनको हुने गथ्याे। रथलाई आज र भोलि लगनखेलमा राखिन्छ । पर्सि नरिवल खसाल्ने जात्रा हुनेछ । नरिवल खसाल्ने जात्रापछि शुभ साइत निकालेर रथ जावलाखेलमा पुर्‍याइन्छ ।

जावलाखेलमा राष्ट्र प्रमुखलगायत विशिष्ठ व्यक्तिहरुसामु भोटो देखाएपछि यस वर्षको रथयात्रा सकिन्छ । भोटोे देखाएपछि मच्छिन्द्रनाथलाई त्यसै दिन खटमा राखेर बुङमति लैजाने चलन छ । 

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया