नवनियुक्त शिक्षामन्त्री पन्तको शपथ आज, शिक्षक आन्दोलन समाधान गर्न...
बैशाख ११, २०८२ बिहिबार
सन् २००२ मा भारतको गुजरातमा भएको साम्प्रदायिक दंगाका विषयमा गुजरातका तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदीलाई दिईएको सफाइबारे सर्वोच्च अदालतमा आज सुनुवाई हुँदैछ ।
अहिले भारतका प्रधानमन्त्री रहेका मोदीविरुद्ध कांग्रेसका पूर्व सांसद एहसान जाफरीकी पत्नी जाकियाले दायर गरेको रिटमा भारतको सर्वोच्च अदालतमा सोमबार सुनुवाई हुन लागेको हो । न्यायाधीश एएम खानविलकरसहितको इजलासले त्यसबेला मोदीलाई सफाई दिने विशेष अनुसन्धान दल एसआईटीको प्रतिवेदनमाथि शुक्ष्म अध्ययन गर्दै सुनुवाईका लागि आजको मिति तोकेको हो ।
एसआईटीले गुजरात दंगामा मोदीको विरुद्ध मुद्दा चलाउन पर्याप्त प्रमाण नभएको भन्दै सफाई दिएको थियो । त्यसविरुद्ध जाफरीले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । सन् २००२ मा गुजरातमा भएको हिन्दु र मुसलमानबिचको दंगाका क्रममा झण्डै २ हजार जनाको ज्यान गएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।