पर्सा र बाराका दुई सय १२ वटा उद्योगमा निः शुल्क 'स्मार्ट इनर्जी मिटर' जडान

 जेठ ९, २०८१ बुधबार १२:३०:० | रासस
unn.prixa.net

पर्सा – नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले पर्सा र बारा जिल्लाका दुई सय १२ वटा उद्योगमा निःशुल्क 'स्मार्ट इनर्जी मिटर' जडान गरेको छ । केन्द्रले पुरानो 'टीओडी' (टाइम अफ डे) मिटर प्रतिस्थापन गरी 'स्मार्ट मिटर' जडान गरेको हो ।

केन्द्रले ११ किलोभोल्ट वा योभन्दा बढी भोल्टेज 'सप्लाई' लिएका 'एचटी मिटरिङ युनिट' जडित (ट्रान्सफर्मर) भएको दुई सय केभीदेखि २५ हजार किलोभोल्ट एम्पेर क्षमताको विद्युत् उपभोग गर्ने उद्योगमा स्मार्ट मिटर जडान गरेको हो । केन्द्रकाअनुसार उद्योगका ग्राहकको टीओडी मिटरलाई ‘शून्य दशमलव दुई एस एकुरेसी क्लास’ को स्मार्ट इनर्जी मिटर प्रतिस्थापन गर्ने नीतिअनुसार नयाँ स्मार्ट मिटर जडान गरेको हो ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जका प्रमुख अवधेशकुमार दुवेले प्राधिकरणको केन्द्रीय कार्यक्रमअन्तर्गत नै पर्सा र बाराका दुई सय १२ वटा उद्योगमा निःशुल्क स्मार्ट इनर्जी मिटर जडान गरेको बताउनुभयो । प्राधिकरणले एउटा उद्योगमा ७२ हजार रुपैयाँ पर्ने स्मार्ट इनर्जी मिटर जडान गरेको जनाएको छ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया