सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिएन

 जेठ ९, २०८१ बुधबार १७:२४:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ ।

आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन अमेरिका जानका लागि भिसा आवेदन दिएकोमा अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको सन्दीपले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । यही जुन २ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा शुरु हुने प्रतियोगिताका लागि नेपाली टोलीका अन्य खेलाडी अमेरिका पुगिसकेका छन् ।

यसअघि सन् २०१९ मा क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जाने क्रममा पनि सन्दीपलाई शुरुमा अमेरिकी दूतावासले भिसा दिएको थिएन । तर त्यसको आलोचना भएपछि सन्दीपले पछि भिसा पाएका थिए ।

अन्तिम अपडेट: असार १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया