बाघकाे आक्रमणबाट बर्दियामा एक जनाकाे ज्यान गयाे

 जेठ १०, २०८१ बिहीबार १८:४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

बर्दिया – बर्दियामा पाटे बाघको आक्रमणबाट बैजनाथ गाउँपालिका–८ हसनापुरकी ३५ वर्षीया मनिसा रोकायको ज्यान गएको छ ।

बाँसगढी नगरपालिका–४ जनचेतना सामुदायिक वन बढुवार गाउँ नजिक बाघको आक्रमणबाट रोकायको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिनुभयो ।

दिदीसँगै बैजनाथबाट बाँसगढी नगरपालिका–४ बठुवा जाने क्रममा रोकायलाई बाघले आक्रमण गरेको थियो । डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण विडारीले घटनाबारे अनुसन्धान भइरहेको बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया