कञ्चनपुरको बेलौरीमा जलेको अवस्थामा एक जनाको शव भेटियो

 वैशाख ९, २०८२ मंगलबार १५:३३:४१ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्वीर

कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरमा जलेको अवस्थामा एक जनाको शव भेटिएको छ । बेलडाँडी गाउँपालिका–३ का ५० वर्षीय हरिकिसन रानाको शव आज जलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार शरीरको बाहिरी भाग जलेको अवस्थामा रानाको शव फेला परेको हो । शव नजिकै तोरीको भुसामा रानाको मोटरसाइकल पनि जलेको भेटिएको छ । रानाले भैँसीपालन र दुग्ध व्यवसाय सञ्चालन गर्दै आउनुभएको थियो ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जोशीले बताउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख ९, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया