टिप्ताला नाका आजदेखि खुल्याे, ३० जना नेपाली व्यापारी तिब्बतकाे रिउ प्रवेश गरे

 जेठ ११, २०८१ शुक्रबार १८:४:५१ | रासस
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

ताप्लेजुङ – ताप्लेजुङको टिप्ताला नाका आजदेखि खुलेको छ । नेपाल–चीनको सीमानामा रहेको टिप्ताला नाका कोरोना महामारीसँगै बन्द भएको थियो । आजदेखि नाका खुलेको फक्ताङलुङ गाउँपालिका–७ वडाध्यक्ष छेतेन लामाले बताउनुभयो ।

नाका खुला गरिएसँगै नेपालबाट ३० जना व्यापारी चीन प्रवेश गरेका छन् । उनीहरूले नेपालमा उत्पादित गलैँचा, दूधजन्य पदार्थ घिउ, छुर्पीलगायतका सामग्री लगेका छन् । उनीहरू झन्डै १० दिनसम्म तिब्बतमा रहनेछन् । नेपालबाट व्यापार अध्ययनका लागि पहिलो चरणमा ३० जना व्यापारी तिब्बतको रिउ प्रवेश गरेका हुन् । सीमावर्ती क्षेत्रमा बसोबास गर्ने एक सय १५ जनाले तिब्बत प्रवेशका लागि अनुमति लिएका छन् ।

यसअघि सीमा बन्द भएर चौँरी याक निर्यात हुन नसक्दा समस्या भोग्नुपरेको मिक्वाखोला गाउँपालिका–५ का चौँरी याक पालक मिलन दोर्जेले बताउनुभयो । पाँच हजार दुई सय मिटर उचाइमा रहेको टिप्ताला भञ्ज्याङमा दुई हप्ता अगाडि पहिलो पटक नेपालतर्फबाट ट्र्याकक्टर पुगेको थियो ।

यसैबीच कोरोना महामारीकै कारण बन्द भएको सङ्खुवासभामा चीनसँग जोडिएको किमाथाङ्का नाका चार वर्षपछि भोलिदेखि पुनः सञ्चालनमा आउँदैछ । कोरोना महामारीमा बन्द भएका रसुवागढी–केरुङ, तातोपानी–झाङ्मु, यारी–पुरान तथा नेचुङ–लिची अर्थात् कोरला व्यापारिक नाका यस अगाडि नै सञ्चालनमा आइसकेका छन् । १४ वटा नाकामध्ये बाँकी आठ वटा नाका पनि खुलाउन प्रयास भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: असार २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया