काठमाण्डौका विभिन्न ठाउँमा भोलिदेखि पाँच दिन दैनिक ४ घण्टा बिजुली नआउने

 जेठ १२, २०८१ शनिबार १५:५:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – काठमाण्डौका विभिन्न ठाउँमा भोलिदेखि पाँच दिन दैनिक ४ घण्टा बिजुली नआउने भएको छ । नेपाल विद्युत् प्राधिकरणले कीर्तिपुर, बानेश्वर, कुलेश्वर र जोरपाटी वितरण केन्दअन्तर्गत विद्युतीय वितरण लाइन भूमिगत गर्ने भएकोले विद्युत अवरुद्ध हुने जनाएको छ । 

भोलि १३ गतेदेखि १८ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । भोलि साँखु बजार र छाउनी आर्मी अस्पताल क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ ।

पर्सि १४ गते सुविधानगर, सिनामङ्गल र भिमसेनगोला क्षेत्र विद्युत् सेवा अवरुद्ध हुनेछ । त्यस्तै १६ गते सोल्टी मोडदेखि कलङ्की क्षेत्र, १७ गते मैत्रीनगर र  ट्याङ्गलाफाँट क्षेत्र र १८ गते फिकल चोकदेखि बाबा चोकसम्म विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । त्यस्तै प्राधिकरणले मौसम प्रतिकूल रहेमा सटडाउन नहुने पनि जनाएको छ । 

अन्तिम अपडेट: असार २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया