नेपालमा हिजो पुष्टि भएकोे कोरोना भाइरसको नयाँ सब भेरियन्ट कडा छैन : विज्ञ

 जेठ १२, २०८१ शनिबार १७:४४:२६ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – नेपालमा हिजो पुष्टि भएकोे कोरोना भाइरसको नयाँ सब भेरियन्ट 'केपी' सङ्क्रामक भए पनि कडा खालको नभएको विज्ञले बताएका छन् । सरुवा रोग विशेषज्ञ डाक्टर सागर राजभण्डारीले अहिले देखिएको नयाँ भेरियन्ट मानिसमा चाँडो सरे पनि घातक नभएको बताउनुभयो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस सङ्क्रमितमध्ये ४२ जना व्यक्तिको 'जिन सिक्वेन्गिङ' गर्दा 'केपी डट १' 'केपी डट २' 'केपी डट ३' र 'केपी डट ४' पुष्टि भएको थियो । यो प्रजातिको भेरियन्टले मानिसलाई लामो समयसम्म रुघाखोकी लगाउने भए पनि त्यति घातक नभएको तर दीर्घरोगी भएका बिरामीले सतर्कता अपनाउनु पर्ने डाक्टर राजभण्डारीले बताउनुभयो ।

कोरोनाका भेरियन्ट परिवर्तन भइरहने र पछि इन्फ्लुएन्जाको रुप लिन सक्ने भएकाले नियमित कोरोना भाइरसविरुद्धको खोप लगाउनुपर्ने उहाँको भनाइ छ । 

अन्तिम अपडेट: असार ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया