नेपाली क्रिकेट टोलीले आजराति ह्युस्टन हरिकेन्ससँग दोस्रो अभ्यास खेल खेल्दै

 जेठ १२, २०८१ शनिबार १८:४७:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – टी–२० विश्वकपको तयारीका लागि अमेरिकाको ह्युस्टनमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज ह्युस्टन हरिकेन्ससँग दोस्रो अभ्यास खेल खेल्दैछ । खेल नेपाली समयअनुसार राति पाैने २ बजे प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा शुरु हुनेछ ।

यसअघि ह्युस्टन हरिकेन्ससँग हिजो भएको पहिलो अभ्यास खेलमा नेपाल छ रनले विजयी भएको थियो । ह्युस्टनमा प्रशिक्षण र अभ्यास खेलपछि नेपाली टोली टेक्सासको डालास जानेछ ।

त्यहाँ नेपालले अमेरिका र क्यानडासँग विश्वकप अघिको आधिकारिक अभ्यास खेल खेल्नेछ । क्यानडासँग मे २७ अर्थात् पर्सि सोमवार र अमेरिकासँग मे ३० अर्थात् बिहीवार खेल्नेछ ।  त्यसपछि नेपालले टी–२० विश्वकपको आफ्नो पहिलो खेल जुन ४ तारिखमा नेदरल्याण्ड्ससँग खेल्नेछ ।

अन्तिम अपडेट: असार २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया