बङ्गालको खाडीमा विकसित शक्तिशाली सामुद्रिक आँधीको प्रभाव नेपालमा सामान्य पर्ने

 जेठ १३, २०८१ आइतबार १२:६:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – बङ्गालको खाडीमा विकसित भएको शक्तिशाली चक्रवात अर्थात् सामुद्रिक आँधीको प्रभाव नेपालमा सामान्यमात्रै पर्ने भएको छ । चक्रवात उत्तर–पूर्व हुँदै बहने भएकाेले नेपालको कोशी र मधेश प्रदेशमा सामान्य प्रभाव पर्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् चिरञ्जीवी भेटवालले जानकारी दिनुभयो ।

चक्रवातको प्रभावका कारण कोशी र मधेश प्रदेशका केही ठाउँमा हावाहुरी र वर्षा गराउने सम्भावना रहेको महाशाखाले जनाएको छ । पर्सि मङ्गलवार र बुधवार कोशी प्रदेशमा तराई र मध्य प्रदेशसम्मका केही ठाउँमा हावाहुरीसहित मुसलधारे पानी पर्ने पनि सम्भावना रहेकोले सचेतता अपनाउनुपर्ने जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले बताउनुभयो ।

भारतको मौसम विभागले उडिसा, पश्चिम बङ्गाल, आसाम र मेघालयमा मुसलधारे वर्षा र हावाहुरी चल्ने भन्दै 'रेड अलर्ट' जारी गरेको छ । प्रि–मनसुन सिजनमा बङ्गालको खाडीमा उत्पन्न यो पहिलो चक्रवात हो । 'रेमल' नाम दिइएको यो चक्रवातका कारण हुरी चल्नुका साथै अत्यधिक वर्षासमेत हुने भारतीय मौसम विभागको अनुमान छ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया