खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डौ – नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (न्यास आईटी) ले सरकारले सहजीकरण गरेमा नेपाललाई सूचना प्रविधिको अन्तर्राष्ट्रिय हब बनाउन सकिने बताएको छ ।
ललितपुरमा पत्रकार सम्मेलन गरेर आउँदो आर्थिक वर्ष २०८१/०८२ को बजेटका लागि सुझाव दिँदै न्यास आइटीले शून्य प्रतिशत कर्पोरेट कर र आठ प्रतिशत निर्यात क्रेडिट सुविधाको व्यवस्था गर्न माग गरेको छ । विश्वसँग प्रतिस्पर्धा गर्नका लागि सरकारले आउँदो वर्षको बजेटबाटै सहजीकरण र छुटको व्यवस्था गर्नुपर्ने न्यास आईटीले जनाएको छ ।
सूचना प्रविधि स्टार्टअप र उद्यमीलाई वित्तीय पहुँच पुर्याउनका लागि कर्जाको व्यवस्था गर्न, सफ्टवेयर खरिद गर्दा स्थानीय कम्पनीलाई प्राथमिकता दिन, विदेशमा शाखा कार्यालय स्थापना गर्न सक्ने तथा आईटी बोर्ड गठनको व्यवस्था गर्न, आईटी कम्पनीका लागि बीमा नीति ल्याएर पाँच वर्षसम्म प्रिमियम लागतको ९० प्रतिशत अनुदान दिन, आईटी पार्क तथा आईटी हब सञ्चालन गर्न पनि न्यास आईटीले माग गरेको छ ।
सरकारले सहजीकरण र छुट दिएमा आउँदो १० वर्षमा नेपाली आईटी उद्योग निर्यात सात खर्ब रुपैयाँको बनाउन सकिने संस्थाले दाबी गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।