दार्चुलामा खोला तर्ने क्रममा बगेर बेपत्ता भएका दुई जनाको शव फेला

 जेठ १४, २०८१ सोमबार १२:११:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डौ – दार्चुलामा खोला तर्ने क्रममा बगेर बेपत्ता भएका दुई जनाको शव फेला परेको छ । मार्मा गाउँपालिका वडा नम्बर ५ मुरैमा आज बिहान गन्याड खोला तर्ने क्रममा स्थानीय २५ वर्षीया झुपा टमटा र अम्मर टमटाका ६ वर्षीय छोरा ऐन बि.क.लाई खोलाले बगाएकाे थियाे ।

खोलामा पानीको भेल आएपछि उहाँहरूलाई बगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घटना भएको केहीबेरमै प्रहरीले उहाँहरूलाई खोज्ने क्रममा मृत फेला पारेको हो । यो क्षेत्रमा बिहान एक्कासी भारी वर्षा भएको स्थानीयले बताएका छन् ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया