गणतन्त्र दिवसमा टेलिकमको अफर, ३ सय ९९ रुपैयाँमा ३० जीबी डाटा

 जेठ १४, २०८१ सोमबार १५:१३:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल टेलिकमले गणतन्त्र दिवसको अवसरमा विभिन्न अफर सार्वजनिक गरेको छ । भोलि जेठ १५ गते मनाउन लागिएको गणतन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले ग्राहकका लागि 'रिपब्लिक डे' अफर उपलब्ध गराउने भएको हो । अफर आजदेखि प्रारम्भ हुनेछ ।

अफरअन्तर्गत ४९ रुपैयाँमा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ । यसैगरी डाटा प्याकेजअन्तर्गत १ सय ११ रुपैयाँमा ५ दिनसम्म चलाउन सकिने ६ जीबी डाटा, १ सय ९९ रुपैयाँमा ७ दिनसम्म चलाउन सकिने १३ जीबी डाटा, २ सय ९९ रुपैयाँमा १२ दिनसम्म चलाउन सकिने २० जीबी डाटा र ३ सय ९९ रुपैयाँ मा १५ दिनसम्म चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध हुनेछ ।

यही अफरअन्तर्गत ७ सय ८९ रुपैयाँमा फेस्टिभ कम्बो प्याक पनि लिन सकिनेछ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको प्याकेजअन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा उपलब्ध हुन्छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रूपमा बुझाउनुपर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ ।

जेठ १६ गतेसम्म आफ्नो मोबाइलबाट *1415*11# डायल गरी वा 'नेपाल टेलिकम एप' प्रयोग गरी यी प्याकेजहरू खरिद गर्न सकिने टेलिकमले जनाएको छ ।

अन्तिम अपडेट: असार ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया