टी–२० विश्वकपको अभ्यास खेलमा अस्ट्रेलिया टोलीमा ९ जनामात्रै खेलाडी

 जेठ १४, २०८१ सोमबार १५:१७:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत नामिबियासँगको अभ्यास खेलमा अस्ट्रेलियाको टोलीमा ९ जनामात्रै खेलाडी हुने भएका छन् ।

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आबद्ध खेलाडीलाई घरपरिवारसँग समय बिताउनका लागि क्रिकेट अस्ट्रेलियाले छोटो समयको छुट्टी दिएको क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकइन्फोले जनाएको छ । यही कारण भोलि हुने नामिबियासँगको अभ्यास खेलमा अस्ट्रेलियाको टोलीमा ९ जनामात्रै खेलाडी रहने भएका हुन् । यस्तै अर्काे अभ्यास खेलमा बिहीवार अस्ट्रेलियाले वेस्ट इन्डिजसँग खेल्दैछ ।

आईपीएल चलिरहँदा घाइते भएका अस्ट्रेलियाका कप्तान मिचेल मार्श बलिङका लागि अझै तयार भइसकेका छैनन् । प्याट कमिन्स, ट्राभिस हेड र मिचेल स्टार्क हिजो आइतवार भएको आईपीएल फाइनलको हिस्सा थिए । यस्तै ग्लेन म्याक्सवेल र क्यामरन ग्रीन रोयल च्यालेन्जर्स बेङ्गलुरुका लागि आईपीएल प्लेअफमा हिस्सा थिए । यी सबै खेलाडी अब भारतबाट अस्ट्रेलिया जाने र फेरि आउँदो जुन ५ मा ओमानसँगको टी–२० विश्वकप खेलअघि वेस्ट इन्डिज पुग्ने खबरमा उल्लेख छ ।

अहिले नौ जनामात्रै खेलाडी उपलब्ध भएकाले अस्ट्रेलियाले टी–२० विश्वकपकाे अभ्यास खेलमा पूर्ण टाेलीका लागि काेचिङ स्टाफलाई पनि मैदानमा बाेलाउनुपर्ने निश्चित भएकाे खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया