राजस्व बाँडफाँट र अनुदान गरी प्रदेश र पालिकाले ५ खर्ब ६७ अर्ब रुपैयाँ पाउने

 जेठ १५, २०८१ मंगलबार १५:४२:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले आउँदो आर्थिक वर्षमा सरकारले प्रदेश र पालिकामा राजस्व बाँडफाँट र अनुदान गरी ५ खर्ब ६७ अर्ब रुपैयाँ हस्तान्तरण गर्ने भएको छ ।

बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले समानीकरण अनुदानतर्फ प्रदेशका लागि ६० अर्ब र पालिकाका लागि ८८ अर्ब रुपैयाँ विनियोजन गरेको जानकारी दिनुभयो । यस्तै ससर्त अनुदानतर्फ प्रदेशका लागि २५ अर्ब ८४ करोड र पालिकाका लागि २ खर्ब ८ अर्ब ८८ करोड गरी जम्मा गरी २ खर्ब ३४ अर्ब ७३ करोड रुपैयाँ विनियोजन भएको छ ।

यसैगरी विशेष अनुदानतर्फ प्रदेशलाई ४ अर्ब ४० करोड र पालिकालाई ८ अर्ब ५० करोड रुपैयाँ विनियोजन भएको छ । यस्तै पूर्वाधारका आयोजना कार्यान्वयन गर्न प्रदेशलाई ६ अर्ब २० करोड र पालिकालाई ७ अर्ब रुपैयाँ विनियोजन भएको छ ।

राजस्व बाँडफाँटबाट मात्रै १ खर्ब ५९ अर्ब रुपैयाँ हस्तान्तरण हुने बजेट भाषणमा उल्लेख छ ।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया