कृषिमा ५७ अर्ब २९ करोड रुपैयाँ बजेट, मृग पाल्नेदेखि गाँजा खुला गर्नेसम्मका कार्यक्रम

 जेठ १५, २०८१ मंगलबार १६:५:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आउँदो आर्थिक वर्षका लागि सरकारले कृषि क्षेत्रकाे विकासका लागि ५७ अर्ब २९ करोड रुपैयाँ विनियोजन गरेको छ । बजेटमा सरकारले गाँजाखेतीका लागि कानुन बनाउने उल्लेख गरेको छ ।

यस्तै सरकारले आउँदो आर्थिक वर्षमा चार वटा हिमाली जिल्लामा कस्तुरी मृग पालनका लागि व्यावसायिक फर्म स्थापना गर्ने घोषणा गरेको छ । बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्र र स्थानीय समुदायको सहभागितामा मुस्ताङ, म्याग्दी, गोरखा र धादिङको हिमाली जिल्लामा कस्तुरी मृग पालनका लागि व्यावसायिक फर्म स्थापना गर्ने घोषणा गर्नुभएको हो ।

यसैगरी सरकारले कृषिमा २०८१ देखि २०९१ सालसम्म कृषिमा लगानी दशक घोषणा गरेको छ । यस्तै सामूहिक खेती गर्न सरकारी जग्गा लिजमा उपलब्ध गराउने कुरा बजेटमा उल्लेख छ । व्यावसायिक रूपमा सामूहिक खेती, पशुपक्षी पालन, जडीबुटीको खेती गर्ने व्यक्ति, फर्म वा सहकारीलाई ब्याजमा अनुदान र मेशिनरी आयातमा कर छुट दिने बजेटमा उल्लेख छ ।

प्रधानमन्त्री आधुनिकीकरण परियोजनाका लागि २ अर्ब ९८ करोड रुपैयाँ विनियोजन भएको छ ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया